सांसदको अडियो प्रकरण : बैठकअघि रविले ढाकासँग बेग्लै छलफल गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति डोरप्रसाद अर्यालले सांसद डा. ढाकाकुमार श्रेष्ठसँग छलफल गरेका छन्।

केन्द्रीय समितिको बैठकअघि सभापति र उपसभापतिले सांसद श्रेष्ठसँग छुट्टै छलफल गरेका हुन्। अहिले उनीहरुबीचको बैठक जारी छ।

त्यो बैठक लगत्तै रास्वपाको बैठक सुरु हुनेछ। व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि त्यसबारे निर्णय लिन बैठक बस्न लागेको हो। तर, श्रेष्ठले अडिओ आफ्नो नभएको दाबी गर्दै आइरहेका छन्।