रौतहट – रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। बुधबार रौतहटको गरुडामा दीपक यादव र उनका समर्थकहरुले गरुडा नगरपालिकामा ताला लगाउन पुग्दा प्रहरीले रोक्न खोज्दा यादवका समर्थक र प्रहरीबीच झडप भएको हो।
झडप नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायरसमेत गरेको हो। यदावका समर्थहरु ढुंगामुढा गरेर ठूलो क्षति पुर्याउन खोज्दा प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन १० राउण्ड गोली फायर गरेका छन्।
गरुडा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै पछिल्लो विभिन्न समयमा आन्दोलन गर्दै आएका स्थानीय दीपक यादवले बुधबार गाउँलेहरुलाई उचालेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गरुडा आएका थिए।
मानिसहरुको भिडलाई देखेपछि नजिकै रहेका इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरु नगरपालिकालाई सुरक्षा दिएको थियो।












