काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अङ्कले बढेर १९७३ विन्दुमा आएको छ ।
यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल २४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।












