काठमाडौँ – सभामुखसहितका प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ।नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे ओली निवास बालकोट पुगेका हुन्।
संसदमा अड्किएको विधेयकलगायतको विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। बैठकमा सहभागी हुन सभामुख देवराज घिमिरे पनि बालकोट पुगेका छन्।
बिहान ९ बजे शीर्ष नेताबीच छलफल हुने भनिए पनि एक घण्टा ढिला प्रचण्ड र देउवा बालकोट पुगेका हुन्। बालकोट पुगेर ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउने विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
एमाले अध्यक्ष ओली तीन दिनदेखि भाइरल ज्वरोका कारण बिरामी छन्। उनी हाल निवासमै औषधि सेवन गरी आराम गरिरहेका छन्।