देउवामाथि रामचन्द्र पौडेलको टिप्पणी : सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगे

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन सार्ने तयारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले पार्टी सभापित शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी गरेका छन् ।

पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका छन् । पार्टी वर्तमान नेतृत्वले चरम लापरबाही गरेको भन्दै उनले लेखेका छन् – सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।

महाधिवेशन समयमा नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु–याइएको उनको आरोप छ । ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ रु ‘ पौडेलले भनेका छन्, ‘यो देशकै विडम्बना हो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार