तोलामा एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज छापावाल सुनको मूल्य ८९ हजार पुगेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार ९० हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजारले घटेको हो ।

महासंघका अनुसार आज तेजावी सुन तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार