मेस्सी दुई वर्षका लागि पीएसजीमा अनुबन्धित

हालै बार्सिलोनाबाट बिदा भएका अर्जेटिनी खेलाडी लियोनेल मेस्सी फ्रेन्च क्बल पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित भएका छन् । फ्रि एजेन्ट मेस्सीले दुई वर्षका लागि पीएसजीसँग सम्झौताका लागि सहमति जनाएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि रहनेछ । पीएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ‌‌। पीएसजीले अब चाँडै मेस्सीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक गर्नेछ ।

बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले आइतबार क्लब छोडेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार