मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मङ्गलबार दिउँसो १ः३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर सख्त घाइते भएका तितुङको उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको हो ।
मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।














