ईशाको ११ वर्ष पुरानो ट्याटु चर्चामा

विवाहपछि ठूलो पर्दाबाट टाढा रहेकी ईशा देओल बेलाबेला सामाजिक सञ्जालमार्फत चर्चामा आइरहेकी हुन्छिन् । हाल उनी आफ्नो ११ वर्ष पहिलेको ट्याटु देखाएर चर्चामा आएकी छन् ।

धर्मेन्द्र हेमा मालिनीकी छोरी ईशाले यसअघि उक्त ट्याटु कहिल्यै देखाएकी थिइनन् । ईशाले ट्याटु देखाएर सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरले अहिले निकै चर्चा भइरहेको छ ।

विवाहपछि ईशा फिल्मी दुनियाँबाट टाढिएकी हुन् । उनले पछिल्लोपटक खेलेको हिन्दी फिचर फिल्म ‘टेल मी ओ खुदा’ हो । यो फिल्म २०११ मा रिलिज भएको थियो । यसपछि उनी केही दक्षिण भारतीय फिल्ममा देखिएकी छिन् । उनी पछिल्लो पटक २०१९ मा ‘केक वाक’ नामक सर्ट फिल्ममा पनि देखिएकी थिइन् । ईशाले अहिले करियरको नयाँ पारी सुरु गरिसकेकी छिन् । उनी अहिले प्रोड्युसर बनिसकेकी छिन् ।

सम्बन्धित समाचार