नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरेका छन् । दुरी बढेको चर्चाका बिच शेखरले धनगढी पुगेर थापासँग पनि कुनै विवाद नभएको उनले जिकिर गरेका हुन् ।
पार्टीको कार्यक्रम लिएर सुदूरपश्चिम पुगेका नेता कोइराला ले आज (शुक्रबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
साथै उनले अहिलेको सरकार नढल्नेसमेत दाबी गरे । उनले सरकारले जनताको चाहानाबमोजिम काम गर्नुपर्नेमा जोड दिए । अहिलेको सरकारलाई असफल हुन छुट नभएको बताएका छन् । सो क्रममा उनले आफू १५औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने तयारीका साथ अहिलेदेखि नै लागिपरेको बताए ।
उनले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे ।