उत्पादनमुलकतर्फ तेस्रो चरणको ईपीएस भाषा परीक्षामा तीन हजारभन्दा बढी उत्तीर्ण भएका छन् ।
दक्षिण कोरियाको मानव संसाधन विकास सेवाका अनुसार कात्तिक २६ देखि पुस २ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ हजार १२६ जना उत्तीर्ण भएका हुन् । तेस्रो चरणको परीक्षाका लागि ३६ हजार १७९ जना परीक्षार्थी थिए । जसमध्ये २६ हजार ७२ जनाले परीक्षा दिएका थिए ।
पहिलो चरणमा भएको परीक्षामा ६ हजार ३२१ र ८ हजार ९६५ उत्तीर्ण भएका थिए । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।