मुद्दा दर्ता गर्न रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

Image

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत कास्की स्रोतले रविलाई उपस्थित गराइए पनि अभियोजनपत्र प्राप्त नभइसकेको जनाएको छ । अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालयले रविसहित ३२ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गराउन लागेको हो ।

सो प्रकरणमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ । रवि भने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन् ।