ब्राजिलमा भएको सवारी दुर्घटनामा ३८ जनाको मृत्यु

Image

ब्राजिलमा भएको सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

उक्त सडक दुर्घटना दक्षिणपूर्वी ब्राजिलको मिनास गेरैस राज्यमा भएको हो । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

जब ट्रकबाट ग्रेनाइटको ठूलो ब्लक सडकमा खस्यो, त्यसपछि बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्कियो । सवारीसाधन ठोक्किएपछि बसमा आगो लाग्यो । संघीय राजमार्ग प्रहरीका अनुसार, बस पछाडिबाट आइरहेको कारले बसलाई ठक्कर दिएको थियो ।

प्रहरीले समाचार संस्था सिन्ह्वालाई बताए अनुसार, अधिकांश मृत्यु ठोक्किएपछि बसमा लागेको आगोका कारण भएको हो । टेओफिलो ओटोनीका अधिकारीहरूका अनुसार कारमा रहेका तीन जना यात्रुसहित १३ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको कारण बसको टायर पञ्चर हुनु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । टायर पञ्चर भएपछि चालकले गाडीमाथि नियन्त्रण गुमाएका थिए, जसका कारण बस ट्रकसँग ठोक्किएको थियो ।