पिकअपको ठक्करबाट बालिकाको मृत्यु, आमा घाइते

Image

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ चप्परगाउँस्थित सडकमा पिकअपको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ३३९५ नम्बरको पिकअपले पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीया रीता भुसाल र छोरी ३ वर्षीया अप्सना भुसाललाई ठक्कर दिको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको सिटि अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । साथै ठक्करबाट घाइते भएकी रीताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।