नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिनँ भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताएका छन् ।
सम्पत्ति खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरू समस्यामा पर्ने बताउँदै उनले ‘ऋण तिर्दिनँ’ भन्न नपाइने बताए ।
‘सहकारीबाट ऋण लैजाने, तिर्दिनँ भनेर सडकमा आन्दोलन गर्ने अराजकलाई सरकारले ठेगान लगाउन आवश्यक छ,’ नेता पौडेलले भने ।
आज बागलुङ बजारमा सीवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य पौडेलले एउटा केही बदमासी गर्ने सहकारीका कारण समग्र सहकारीहरू बदनाम भएको बताए । सहकारीका ऋणीहरूलाई ऋण तिर्ने कसिलो नीति सरकारले बनाउने उनको भनाइ छ ।