सूर्यदर्शन सहकारी ठगी अभियोगमा पूर्वसांसद मिना गुरूङ पक्राउ

Image

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत राखिएको रकम ठगी अभियोगमा पूर्वसांसद मिना गुरूङ पक्राउ परेकी छिन् ।

नेकपा एमालेबाट गण्डकी प्रदेशका पूर्वसांसद रहेकी गुरूङलाई सहकारी ठगी अभियोगमा उनको निवासबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

कास्की प्रहरीले गरेको अनुसन्धानपछि गत शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरिएको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ । उनीहरूबाट १ अर्ब ५१ करोड रूपैयाँ असुल्न पनि माग गरिएको छ।