सेयर बजारमा सामान्य अंकको वृद्धि,५ अर्ब ३२ करोडको कारोबार

Image

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हो ।

बुधबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। मंगलबार परिसूचक १४ अंकले बढेको थियो। सो दिन ५ अर्ब २० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । यसदिन ३१० स्क्रिप्सको २ करोड ९ लाख  ७८ हजार ९७९ कित्ता सेयर  ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँमा खरिदबिक्री भयो ।

दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र  सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर ७.३२,प्रभु बैंकको ५.८६ र कुथेली बुखारी स्माल हाइड्रोपावरको ५.०५ प्रतिशतले बढ्यो ।

आज पाँचवटा कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो । कर्पोरेट डेभलपमेन्ट ब‌ैंक,नारायणी डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,जोशी हइड्रोपावर डेभलपमेन्टको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

यसदिन कारोबार रकमका आधारमा  प्रभु बैंक शीर्षस्थानमा रह्यो । सो कम्पनीको ५० करोड ७७ लाख  ८३ हजार  ७०३ मूल्यको सेयर कारोबार भयो । जानकी फाइनान्सको २२ करोड,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ करोड, कुमारी बैंकको १४ करड र सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करड मूल्य बराबरको सेयर कारोबार भयो ।

कारोबारमा आएकामध्ये ७० स्टक्सको मूल्य बढ्दा १६३ वटाको घट्यो । बाँकी ९ स्टक्सको मूल्य स्थिर रह्यो । चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका  छन् । बैंकिङ,इन्भेस्टमेन्ट,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिएका हुन् ।