सकियो रवि लामिछानेको बयान

Image

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । हिजोबाट सुरु भएको बयान आज सकिएको हो । लामिछानेको बयान लगातार दुई दिन लिइएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उनको बयान भएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राईको इजलाशले छविलाल जोशी र लिला पछाईंको बयान लिएको हो । अरू प्रतिवादीको पनि बयान लिने काम सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।

गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।