दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ जना सवार दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीलाई उधृत गर्दै मृतकको संख्या ६४ पुगेको जानकारी दिएको हो । दुर्घटनामा दुई जनाको भने उद्धार गरिएको जनाइएको छ ।
बैंककबाट फर्किएको जेजु एयरको उडान मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।
यो दुर्घटना स्थानीय समयअनुसार आइतबार बिहान ९:०७ बजे भएको हो । विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु थिए । दुई थाई नागरिक बाहेक अधिकांश यात्रु कोरियाली थिए । अधिकारीहरूले ४३ मिनेटमा आगो निभाइएको बताएका छन् ।
दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।