ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा ३५ छात्रालाई छात्रवृत्ति वितरण

Image

ग्लोबल आइएमई बैंकले १८औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम’लाई निरन्तरता दिएको छ । बैंकले आगामी पुस १८ मा स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्ष प्रवेश गर्दै छ । 

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न ३५ जेहेनदार छात्रालाई छात्रवृत्ति वितरण गरेको हो । बैंकले यी छात्रालाई कक्षा १२ सम्म अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति उपलब्ध गराउनेछ । 

कार्यक्रमअन्तर्गत बैैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेनदार छात्रा छनोट गरी ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्नेछ । अहिलेसम्म १४० जनालाई उक्त छात्रवृत्ति वितरण गरिसकिएको बैंकले जनाएको छ ।

समाज विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भए समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल हुन मद्दत पुग्ने हुनाले कार्यक्रम गरिएको बैंकले बताएको छ ।

हाल बैंकले ३५४ शाखा, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।