ललितपुरमा जेसीबीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका १० टाखेलस्थित सडकमा ना १ क ५९१३ नम्बरको जेसिबीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १० मुलडोल बस्ने ५६ वर्षीय मंगल तामाङको मृत्यु भएको हो ।
शनिबार दिउँसो जेसीबीको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जेसीबी चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।