नागार्जुनका मेयर बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Image

काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेयर बस्नेतले ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको सो रकम बढाएर १३ करोड १२ लाख ७३ हजार ३२ पु-याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनी नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति समेत छन् ।