वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउने भन्दै ठगेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले काठमाडौंबाट पक्राउ गरेको चौधरीलाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको जनाएको छ ।
उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।