माधवसँगको भेटपछि वामदेवले भने- नेकपा एसमा आउने सम्भावना कायम छ

Image

पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

सोमबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो ।

भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको जानकारी दिए । नेता गौतमले नेकपा एसमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताएका छन् ।

उनले भने, ‘पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो र आजलाई स्थगित भयो । समाजवादी पार्टीमा आउने सम्भावना छँदैछ ।’

गौतम एकीकृत समाजवादीमा जाने इच्छुक देखिएका छन् । उनलाई पार्टीको वरिष्ठ नेता बनाउनेगरी भित्र्याउने तयारीमा एकीकृत समाजवादी छ ।