यर बजारमा ३३ अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा झरेको छ ।
सेन्सेटिभ इण्डेक्स ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दुमा अडिएको छ । ३०८ स्क्रिप्सको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँमा खरिदबिक्री भए ।
अघिल्लो दिन सोमबार सार्वजनिक विदा परेकाले कारोबार भएन । दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन ।
आज चार कम्पनीको सेयर १० प्रतिशतले घट्यो । सुपर माइक्रोफाइनान्स वित्तीय संस्था,जानकी फाइनान्स,पोखरा फाइनान्स र नारायणी डेभलमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको हो । ३५ करोड माथिको सेयर कारोबार गरी प्रभु बैंक शीर्षस्थानमा रह्यो ।
नेपाल फाइनान्सले १७ करोडको कारोबार गर्दा जानकी फाइनान्सको १४ करोड,एनएलजी इन्स्योरेन्सको १२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेलपमेन्टको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
कारोबारमा आएकामध्ये २८ स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो । ३ स्टक्सको मूल्य भने स्थिर रह्यो । अदर्श समूहको उपसूचकबाहेक अन्यको नकारात्मक देखिएका छन् ।