टेलिकमका नेटवर्कबाट भारतमा कल गर्दा अब प्रतिमिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने

Image

नेपाल टेलिकमका नेटवर्कबाट भारतमा कल गर्दा लाग्ने महसुल दर परिमार्जन गरिएको छ ।

नेपाल टेलिकमले भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पहरूमध्ये एक्सिस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई गएराति १२ बजेदेखि नै लागू हुनेगरी एक्सिस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३ रूपैयाँ ७६ पैसा कायम गरिएको टेलिकमका प्रवक्ता हरि ढकालले बताएका छन् ।

यसका साथै एक्सिस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको प्रवक्ता ढकालले बताए ।