माघ १४ गते सम्पत्ति शुद्धीकरण दिवस, यी हुन् मन्त्रिपरिषद्‌का २० निर्णय

Image

सरकारले हरेक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण राष्ट्रिय दिवस मनाउने भएको छ ।

पुस १६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ ।

मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हड्ताल निषेध गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।