हुन्डाई र हेटौँडा ह्विल्सले गर्‍यो विद्यार्थीलाई कम्प्युटर सहयोग

Image

हेटौँडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको छ ।

यसअन्तर्गत कम्पनीले हेटौँडाको ब्लेस्ड बालगृहका बालबालिकाको सिकाइका सहयोगार्थ डेस्कटप कम्प्युटर उपलब्ध गराएको हो ।

यसले त्यहाँका बालबालिकालाई प्रविधिसँगै डिजिटल साक्षरता र इन्टरनेटमार्फत विश्वसँग जोडिन मद्दत गर्ने हेटौँडा ह्विल्सको विश्वास छ ।

हेटौँडा ह्विलले हुन्डाईको ह्याप्पी मुभसँग सहकार्य गरेर सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।