नयाँ वर्षको पहिलो दिन अमेरिकाको न्यू अर्लिन्स शहरमा एक व्यक्तिले भिडमाथि कार चलाउँदा १० जनाको मृत्यु भएको छ ।
न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा भएको घटनामा अन्य ३० जना घाइते भएको बीबीसीले जनाएको छ । न्यू अर्लिन्सको नोला रेडी सरकारी एजेन्सीका अधिकारीहरूले घाइतेहरूलाई अस्पताल लगिएको जानकारी दिए ।
घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार ती व्यक्तिले सुरुमा कार भीडमाथि चलाएका थिए त्यसपछि चालकले गोली चलाउन थाले । यद्यपी प्रहरीले यो खबरको पुष्टि गरेको छैन ।
न्यु अर्लिन्सको सरकारी एजेन्सी नोला रेडीले सामाजिक सञ्जालमा नहर र बोर्बोन स्ट्रिटमा ठूलो संख्यामा मानिस मारिएको बताएको छ ।