एभरेष्ट बैंक–स्मार्ट च्वाइस सम्झौता, अन्तरबैंक भुक्तानी सुविधा

Image

एभरेस्ट बैंक र भुक्तानी प्रदायक स्मार्ट च्वाइस टेक्नोलोजिज ९एससीटी०बीच स्मार्ट पेमार्फत अन्तरबैंक भुक्तानी सेवा सञ्चालन सम्झौता भएको छ ।

सम्झौतापछि बैंकका ग्राहकले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्ने सक्नेछन् ।

दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङलगायत विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइसले स्मार्ट पे ब्रान्डमा अन्तरबैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो ।

सेवामार्फत बैंक तथा वित्तीय संस्था लगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बीमा कम्पनी तथा ठूला कर्पोरेटले सेवाग्राहीका लागि देशभरिका जुनसुकै बैंक खातामा सहज रकमान्तर गर्न सक्नेछन् ।