कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत खातावालका परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ ।
बैंकको टोखा शाखाले खातावालकी श्रीमती मुना राणालाई बिमा रकम हस्तान्तरण गरेको हो । बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा खातावालसहित परिवारका चार सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा प्राप्त गर्न सक्ने सुविधा छ ।
हाल बैंकले हाल ३०२ शाखा, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।