सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

Image

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।