काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत भेटिएकी छन् ।
होटलको कोठा नम्बर ३०८ मा २३ वर्षीया युवती युवती मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । मृतक कागेश्वरी मनोहरा नगरपालिका घर भएकी युवती हुन् । उनको पहिचान प्रहरीले खुलाएको छैन ।
बुधबार दिउँसो साढे २ बजेसम्म पनि युवतीले होटलको कोठा नखोलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा प्रहरीले कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको हो ।
प्रहरीले घटनास्थलको मुचुल्का गरी पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ ।