भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक समितिबाट पारित

Image

भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतीबाट पारित गरेको हो ।

समितिका सभापति रामहरि खतिवडाले सर्वसम्मतिले संशोधन विधेयक पारित भएको बताए । संशोधन विधेयकमाथि छलफल गर्न नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वमा उपसमिति पनि बनेको थियो ।

पारित भएको संशोधन विधेयक अब प्रतिनिधि सभा पुग्नेछ ।