पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक, पूर्वउपराष्ट्रपति पुन पनि उपस्थित

Image

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठक शनिबारसम्म चल्नेछ ।

बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठकमा पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषयमा छलफल हुनेछ ।

बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । पुनलाई पार्टी उपाध्यक्ष बनाएर सकृय राजनीतिमा ल्याउने माओवादी केन्द्रको तयारी छ । पुन यसअघि माओवादी पदाधिकारी बैठकहरुमा सहभागी भएर सकृय राजनीतिमा आउन वार्मअप गरिरहेका थिए ।

आइतबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकले पुनलाई जिम्मेवारी दिने तयारी गरेको छ ।