गरिमा समृद्धि योजनाका इकाइ बाँडफाँट, सबै आवेदकले पाए 

Image

गरिमा क्यापिटलको योजना व्यवस्थापन तथा गरिमा विकास बैंकको कोष प्रवर्द्धनमा रहेको गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा समृद्धि योजना बन्दमुखी योजनाको बिउपुँजीसहित अंकित मूल्य १०  दरका १० करोड इकाइ सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएकामा आज बाँडफाँट भएको छ ।

कम्पनीले पुस ७ देखि ११ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्री खुला गरेका ९४ हजार ६८१ जना आवेदकमार्फत १२ करोड १८ लाख ७८ हजार ५१० इकाइका लागि रीतपूर्वक आवेदन प्राप्त भएकामा निष्कासन गरिएको इकाइभन्दा अधिक इकाइको लागि आवेदन प्राप्त भएकाले सामूहिक लगानी कोष निर्देशिका, २०६९ अनुसार योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाइ बाँडफाँट गर्न सकिने हुँदा आवेदन दिएका सबैलाई इकाइ बाँडफाँट गरेको हो ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाटमा इकाइ बाँडफाँट गरी बिउपुँजीसहित योजनाको आकार १ अर्ब २५ करोड इकाइ कायम गरिएको छ ।