गत सोमबार भक्तपुरमा भएको स्कुटर दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ। सानोठिमी धुन्चेपाखा बस्ने ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो ।
उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । स्कुटरको पछाडि सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ दुर्घटनामा गम्भीर घाइते भएकी छन् । उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।
गएको मंगलबार राति भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका- २ सानोठिमीमा निश्चलले चलाएको बा प्र ०२-०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएका थिए । घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
मृतक युवक झापाको भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका छोरा हुन् । उनीहरु अध्ययनका लागि अस्ट्रेलियामा बस्दै आएका थिए । केही दिनअघि मात्रै मूलघर भद्रपुर गएका उनीहरु फेरि अस्ट्रेलिया जानको लागि काठमाडौँ आएका थिए ।