ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा एकसाथ बृहत् रक्तदान

Image

ग्लोबल आइएमई बैंकले १८औं वार्षिकोत्सव अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । पुस १८ मा स्थापनाको १९औं वर्ष प्रवेश गरेको बैंकले सातवटै प्रदेशमा एकैसाथ रक्तदानका साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण सञ्चालन गरेको हो ।

कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेसको जनकपुर शाखा, बागमतीको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकीको पोखरा न्यूरोड शाखा, लुम्बिनीको मिलनचोक बुटवल शाखा र नेपालगन्ज शाखा, कर्णालीको सुर्खेत शाखा र सुदूरपश्चिमको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा ७५७ रक्तदाताले रक्तदान गरेका थिए भने ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेह परीक्षण गरी आवश्यक परामर्श दिइएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई दृष्टिगत गरी समाजपयोगी कार्यमार्फत जनमानसलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।

बैंकले हाल ३५५ शाखा, ३८४ एटिएम, २३७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।