नेपालमा ०७२ यताकै शक्तिशाली भूकम्पको धक्का, ७ रेक्टर स्केल मापन

मंगलबार काठमाडौंमा भूकम्पको ०७२ यताकै ठुलो र लामो धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ५१ मिनेटमा आएको धक्का स्थानीयले ०७२ यताकै लामो महसुस गरेको भूकम्पलाई भूकम्प मापन केन्द्रले भने ७ म्याग्निच्युड मापन गरेको छ ।

तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु परेर गएको भूकम्पले खास गरी नेपालमा काठमाडौँ तथा देशभर धक्का महसुस गराए पनि नेपालबाहेक भारत, भुटान, चीन बंगालादेशसम्म उत्तिकै धक्का दिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

नेपाल र चीनको सिमानामा केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्पले क्षति पुर्‍याएको हुनसक्ने अनुमान भएपनि यसको भने अझै यकिन विवरण प्राप्त भइसकेको छैन । भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।

नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।