महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, पूर्वाधार निर्माण, परोपकारलगायत क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालय, दमक-९ इँटाभट्टाले सञ्चालन गरेको अटिजम सिकाइ केन्द्रलाई एक थान कम्प्युटर र प्रिन्टर सहयोगस्वरुप उपलब्ध गराएको छ ।
अटिजम भएका विधार्थीको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थीले यो सहयोगबाट लाभ लिन सक्ने बैंकको विश्वास छ ।