पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रो ट्रकसँग ठोक्किँदा १६ जना घाइते

Image

धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख ६६६ नम्बरको हाइस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ७१८ नम्बरको ट्रक धादिङको गल्छी गाउँपालिका( ४ स्थित आदमघाटमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । धादिङ प्रहरीका अनुसार बिहीबार दिउँसो साढे दुई बजेतिर दुर्घटना भएको हो ।

घटनालगत्तै उद्दार गरी घाइतेहरूलाई उपचारका लागि अम्बिभरोसा अस्पताल गल्छी पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।