तोलामा एक हजारले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो साता तीव्र गिरावट आएको सुन चाँदीको मूल्य यो साता पहिलो दिननै घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २०५ रुपैयाँ पुगेको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन (शुक्रबार) बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार