जेसीबीको ठक्करबाट नागार्जुनमा ११ वर्षीया बालिकाको मृत्यु

काठमाडौँमा जेसीबीको ठक्करबाट शुक्रबार एक जनाको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका ६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा सोही नगरपालिका ६ बस्ने ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिएको छ ।