मेगा बैंकको एकैसाथ पाँचवटा नयाँ शाखा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले आइतबार एकैसाथ पाँचवटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरका, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।

यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।

बैंकले साउन महिनामा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार