राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन् ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए ।
अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।
तर काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी छन् । सोहीकारण बयानका लागि उनी जिल्ला अदालत, काठमाडौंमा हाजिर हुन लागेका हुन् ।