काठमाडौं जिल्ला अदालत उपस्थित भए रवि लामिछाने

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन् ।

आइतबार बिहान कार्यालय समय सुरु हुनुअघि नै उनी अदालत पुगेका हुन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए ।

तर हिजो शनिबार परेकाले उनी आज आइतबार बिहानै अदालत गएका हुन् ।