रविलाई इजलासमै निकिताले लगाइदिइन् रातो टीका

Image

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आइतबार रविको बयान भएको थियो । आइतबार बयानमात्र भएपछि रविलाई प्रहरीको जिम्मा लगाइएको थियो । अहिले रविलाई अदालतमा लगेर थुनछेक बहस चलिरहेको हो ।

थुनछेक बहस सुरु हुनुअघि इजलासमै रहेकी रवि पत्नी निकिताले रविलाई रातो टीका लगाइदिएको थिइ । आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् ।

रातो टिका विजयको शुभ संकेत मानिन्छ । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।