नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएएको छ । नेताहरुको जिम्मेवारी टुंग्याउन बुधबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बस्नेगरि बैठक बोलाइएको हो ।
यसअघि सोमबार बस्ने भनिएको बैठक बुधबारलाई सारिएको हो । माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले नेताहरुको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार बुधबार बिहान ८ बजे खुमलटारमा बस्ने पदाधिकारी बैठकले कार्यविभाजनमा अन्तिम निर्णय लिनेछ ।
पदाधिकारी टुंगोमा पुगेपछि नेताहरुको कार्यविभाजन तोकेर अन्तर पार्टी निर्देशन जारी गर्ने माओवादीको तयारी छ । यसबाट पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी पनि तय हुनेछ । पुन माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु नेताहरुको कार्यविभाजन हुँदा पुनको पनि जिम्मेवारी टुंग्याइने बताएका थिए ।