स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस जारी छ । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ ।
समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । अब केहीबेरमै रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मा लगाउने भन्नेबारे न्यायाधीशको आदेश आउनेछ ।
सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवाललगायतले बहस गरेका थिए ।
जाहेरवालाको पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका छन् । यस्तै रविका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन् ।
बिहान बहस सुरु हुनुअघि न्यायाधीश अधिकारीले सरकारी वकिलका तर्फबाट २ घन्टा र लामिछानेका तर्फको बहस सवा १ घण्टामा सक्न निर्देशन दिएका थिए । तर, समय सीमाभित्र बहस नहुँदा आज नसकिएको हो ।