२५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस ­­­­­(सूचीसहित)

नेपाल प्रहरीको जनपद प्रहरी तर्फका २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले २५ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरिएको गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले जनाएको छ ।